गरिबी निवारणमन्त्रीको सम्पत्ति: २ बिघा जमिन र ३० लाख नगद, ४५ लाख ऋण परिचालन



काठमाडौं । गरिबी निवारणमन्त्री बलराम अधिकारीले ३० लाख रुपैयाँ बैंकमा बचत रकमसहित सम्पत्ति सार्वजनिक गरेका छन् । जसमध्ये १५ लाख छोराको नाममा विवरण देखाएका छन् ।

यस्तै उनको कपिलवस्तुका विभिन्न स्थानमा २ बिघा जमिन अचल सम्पत्तिको रुपमा देखिएको छ। यस्तै ५ कठ्ठा जमिनमा घर रहेको पनि सम्पत्ति विवरणमा देखाएका छन् ।

यसवाहेक गरिबी निवारमन्त्री अधिकारीले दुई व्यक्तिलाई २५ लाख र २० लाख गरी ४५ लाख ऋण दिएको पनि आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

अचल सम्पत्तिको रुपमा सुन भने १० तोला रहेको उनले सार्वजनिक गरेका छन् ।


क्लिकमान्डु