सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य मंगलबार तोलामा एक हजार दुई सयले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार ८ सयमा कारोबार भएकामा आजका लागि एक लाख ४० हजार ६ सय निर्धारण गरिएको छ ।

यस्तै तेजाबी सुन सोमबार तोलामा एक लाख ४१ हजार एक सयमा कारोबार भएकामा मंगलबारका लागि एक लाख ३९ हजार ९ सय निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

यसैबीच चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय ४० मा कारोबार भएकामा मंगलबार चाँदीको मूल्य एक हजार आठ सय ८५ रुपैयाँ छ ।


क्लिकमान्डु