कांग्रेसले छानबिन समिति होइन, सरकार मागेको हो: एमाले



काठमाडौं । सत्तारूढ दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय छानबिन समिति नभई सरकार मागेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै बर्तौलाले यद्यपि, प्रमुख प्रतिपक्षीसँग संवाद गर्न सरकार तयार रहेको बताए ।

सहकारी ठगी आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसदमा बिरोध गरिरहँदा उनले यस्तो बताएका हुन् ।
आज कांग्रेसले देखएको व्यवहारबाट उसको चरित्र उदांगो भएको बर्तौताको भनाइ छ ।

‘कांग्रेसले संसदीय छानबिन समिति मागेको होइन । समितिको नामबाट सरकार मागेको हो,’ प्रमुख सचेतक बर्तौलाले भने, ‘उसको आजको व्यवहारबाट चरित्र उदांगो भएको छ ।’

प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस सांसदले वेल घेर्दै नाराबाजी गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेस गर्दा कांग्रसले नाराबाजी गरेको थियो । नाराबाजीका बीच प्रधानमन्त्री दाहालले विश्वासको मत पाएका छन् ।


क्लिकमान्डु