भ्रष्टाचारको कान्डका साक्षी बस्नेहरुको गनगनले देश चल्दैन: रवि लामिछाने
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको साक्षी बस्दै आएकाहरुको गनगनले देश चल्न नसक्ने बताएका छन् ।
आइतबारको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै लामिछानेले दुई महिनाअघि बोल्न पाएको भए कम समय बोल्ने भए पनि अब भने लामो बोल्ने उनले बताए ।
‘सुरुमा बोल्न पाएको भए ९ मिनेट १८ सेकेन्डमै सकिन्थ्यो। यहाँ बोल्न विधेयक होइन पत्रिकाका हेडलाइन पढ्नुपर्ने रहेछ ! आश्चर्यको बोल्न दिने वा नदिने लोकतान्त्रिक पार्टीले निर्णय गर्ने रहेछ। लोकतन्त्रको कुन अभ्यास हो,’ लामिछानेले भने ।
उनले आफ्नो संलग्नता सहकारीमा नभएको दाबी गरे ।
‘स्वेड सेयर लिएर काम गर्ने निधो गरेँ । छोड्दा सेयर पनि छोडेँ । गोरखा मिडिया नेटवर्कमा सदस्यसमेत नभएको मानिसको कारोबारमा जोडिने कुरा भएन । मेरो संलग्नता कहीँ कतै छैन र देखिएन । त्यसकारण कहीँ कतै ममाथि मुद्दा चलेन, अभियोजना भएन,’ लामिछानेले भने ।
भ्रष्टाचारको सबै कान्डको साक्षी बसेर ठूलो स्वर गर्नेहरुलाई गनगनले देशन नचल्ने हेक्का हुनुपर्ने बताए ।
‘जसरी पनि खोज भनेर दबाब दिनेहरू पनि यहीँ कतै हुनुहोला । यही सदनको लास्ट सिट हुँदै फ्रन्ट सिटसम्म आइपुग्दा भ्रष्टाचारको सबै कान्डको साक्षी बसेर ठूलो स्वर गर्नेहरूलाई हेक्का होस् देश तपाईंहरूको गनगनले चल्दैन!,’ लामिछानेले संसदमा भने ।