दिक्तेल -खानीडाँडा -आहाले सडक : छ वर्षपछि कालोपत्र सुरु



lbQm]n–vfgL8fF8f ;8s sfnf]kq ub}{ sfdbf/ vf]6fª, % h]7 M ;Demf}tf u/]sf] sl/a ;ft jif{kl5 lbQm]n–vfgL8fF8f–cfxfn] ;8sdf sfnf]kq ug]{ tof/L ub}{ 7]s]bf/ sDkgLsf sfdbf/ . /fli6«o k’gM lgdf{0f k|flws/0fsf] Eof6;lxt ? @! s/f]8 Ps nfv ** xhf/ nufgLdf ;DkGg ug]{u/L ofSy’ªxfª–;fk–l;?jf h]eLn] lj=;+= @)&% c;f]h–! ut] 7]Ssf ;Demf}tf u/]sf] ;8s sfnf]kqsf] sfdn] aNn ult lnPsf] 5 . t:jL/ M s]bf/ du/÷/f;;

खोटाङ । कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल -खानीडाँडा -आहाले सडकको कामले गति लिएको छ ।

सदरमुकाम दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने यो सडक २०७६ चैत ७ गतेसम्ममा कालोपत्र गर्नेगरी याक्थुङहाङ-साप -सिरुवा जेभीले २०७५ असोज १ गते ठेक्का लिएको थियो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भ्याटसहित २१ करोड एक लाख ८८ हजार रुपैयाँमा सम्पन्न गर्नेगरी १०.९७४ किलोमिटर सडकखण्ड कालोपत्रको ठेक्का लगाएको थियो । मूल ठेकेदारसँग सम्झौता गरी यसअघि दुईवटा ठेकेदार कम्पनीले पेटी ठेक्का लिएर अलपत्र छाडेका थिए । हाल बाँकी काम गर्ने जिम्मा श्रीनिक बिल्डर्स प्रालिले लिएको छ ।

दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने उक्त सडक अहिले धमाधम कालोपत्र भइरहेको स्थानीयवासी सन्तोष पौडेलले जानकारी दिए ।

ढिलै भए पनि सडक कालोपत्र हुने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।

सुरुमा राम्चे निर्माण सेवा कम्पनीका कल्याण दाहाललाई प्रतिनिधि राखेको ठेकेदार कम्पनीले दोस्रोपटक खोटाङ हलेसी कन्स्ट्रक्सन प्रालिका खगेन्द्र राईलाई प्रतिनिधि चयन गरेको थियो । दाहाल र राईले काम नगरेपछि अहिले श्रीनिक बिल्डर्स प्रालिका प्रोप्राइटर भैरव बस्नेतलाई जिम्मा दिइएको याक्थुङहाङ -साप -सिरुवा जेभीले जनाएको छ ।

कालोपत्र भइरहेको दिक्तेल -खानीडाँडा -आहाले सडक यही जेठ मसान्तमा सम्पन्न गरेर असार पहिलो साताभित्र प्राधिकरणलाई हस्तान्तरण गर्नेगरी काम भइरहेको प्रोप्राइटर बस्नेतले बताए ।

‘अघिल्लो ठेकेदार कम्पनीले नाली, साइड ड्रेन, ग्राभेल, बेस तथा सब–बेसलगायत अधिकांश भौतिक संरचनाका काम सम्पन्न गरेको भनेर भुक्तानी लिएका रहेछन् । ती कामहरु अहिले पुनः गर्नुप¥यो । हामीले जिम्मा लिएको काम तोकिएको समयमा सम्पन्न गर्ने तयारी छ’, उनले भने, ‘अहिले दक्ष जनशक्तिसहित ७० जना कामदार खटिएका छन् । जेठ मसान्तभित्र कालोपत्रको सबै काम सकिन्छ ।’

अघिल्लो दुईवटा ठेकेदार कम्पनीका प्रतिनिधिले प्राधिकरणबाट १३ करोड ६९ लाख पाँच सय ३८ रुपैयाँ भुक्तानी लिइसकेका छन् । बाँकी कालोपत्र सम्पन्न गर्न श्रीनिक बिल्डर्स प्रालिले सात करोड २२ लाख तीन हजार चार सय ३५ रुपैयाँमा पेटी ठेक्का लिएको हो ।

सडकको नाली, रिटेनिङ वाल, ग्राभेल आरसिसी ढलान, साइड ड्रेन, ग्राभेलसहित ६।२५ मिटर चौडा हुने सडकको ३.७५ भागमा कालोपत्र हुनेछ । १८ महिनाभित्र सम्पन्न गर्ने भनिएको सो सडक २०७५ मङ्सिर १ गते तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शिलान्यास गरेका थिए ।

निर्माणमा ठेकेदारको चरम लापरबाही भएपछि प्राधिकरणले २०७६ पुस ९ गते लिखितरुपमा पत्राचार गरी काम रोक्न निर्देशन दिएको थियो । माटो मिसिएको बालुवा तथा एक टिन सिमेन्टसँग दश टिन बालुवा-गिट्टी घोलेर प्रयोग भइरहेको गुनासो आएपछि निर्माण रोकिएको थियो ।


क्लिकमान्डु