कांग्रेससँगको बैठकमा राप्रपाको जोड: लामिछानेलाई संसदमा बोल्न दिनुपर्छ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा जोड दिएको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सहकारी ठगी छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान राख्दै आएको नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लगायतका प्रतिपक्ष दलहरुको बैठकमा राप्रपाले सो कुरामा जोड दिएको हो ।
गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्छ भन्नेकुरा आफूहरुले बैठकमा राखेको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए।
शुक्रबार संसद भवन परिसरमा कांग्रेससहितका विपक्षी दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूहरुले संसदीय छानबिन समिति बनाएर सहकारी ठगी छानबिन गर्नुपर्ने कुरा राखेको जानकारी दियो ।
‘सरकारले वातावरण सहज बनायो भने राप्रपाको तर्फबाट हामीले गृहमन्त्रीलाई बोल्नु दिनुपर्छ भन्ने भन्नेकुरा त्यो बैठकमा राखेका छौं । र हामीले गृहमन्त्रीले बोल्न पाउनुपर्छ । बोल्नुपर्छ गृहमन्त्रीले भन्यौं’ उनले भने, ‘तर छानबिन समिति बन्ने कुरामा हामी पछाडि हट्दैनौं । किनभने यो विषयवस्तु आज एक जजना गृहमन्त्रीको मात्रै होइन ।’
प्रमुख सचेतक शाहीले सभामुख देवराज घिमिरेले जबरजस्ती संसद बैठक चलाउन खोजेको आरोप लगाए ।