फिनल्यान्डबाट १३ मिलियन युरो अनुदान स्वीकार गर्नेसहित यी हुन् मन्त्रिपरिषद्का निर्णय

329
Shares

काठमाडौं । सरकारले जलवायु परिवर्तनअनुकूलन कार्यक्रम कार्यन्वयनका निम्ति फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल हाल मधेस प्रदेशको कायममुकायम सचिवका रूपमा कार्यरत लोकनाथ पौडेललाई प्रशासन सेवा समूहीकरणअन्तर्गतको राजपत्रांकित विशिष्ठ श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ ।

त्यस्तै, नेपाल कृषि वन सेवा समूहीकरणअन्तर्गत राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा राजेन्द्रप्रसाद पौडेललाई बढुवा गर्ने निर्णय गरिएको छ ।

नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा. डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरिएको उनले बताइन् ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गर्ने सरकारको निर्णय छ ।