कम्पनीमार्फत घरजग्गा कारोबार गर्नुपर्छः अध्यक्ष लोहनी



काठमाडौं । नेपाल घर जग्गा तथा आवासीय विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसायीहरुले व्यक्तिगत कारोबार भन्दा पनि कम्पनीमार्फत गर्न आवश्यक रहेको बताएका छन् ।

कास्की घरजग्गा तथा आवासीय विकास संघको वार्षिक साधरण सभामा बोल्दै यस्तो बताएका हुन् । उनले व्यक्तिगत रुपमा घरजग्गाको कारोबार गर्दा घरजग्गा व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको भन्दै संयुक्त कम्पनीमार्फत ठूला आयोजनाहरुमा काम गर्ने वातावरण व्यवसायीहरुले बनाउन आवश्यक देखिएको उल्लेख गरे । सरकारले व्यवस्थित र पारदर्शी घरजग्गा कारोबार बनाउनको लागि ल्याण्ड पुलिङको ढोका खोल्न आवश्यक रहेको उनले बताए ।

७५३ स्थानीय तहमा ल्याण्ड उपभोग नीति लागू भएकाले त्यहीअनुसार स्थानीय तहहरुले पनि शहर बनाउने गुरुयोजना बनाउनुपर्ने उनले बताए ।

स्थानीय तहहरुले बनाएको योजनामा निजी क्षेत्रले कम्पनीमार्फत काम गर्दा व्यवस्थित शहर बनाउन सकिने उनको भनाइ छ ।

अब साना व्यवसायीहरु मिलेर कम्पनी बनाउने र कम्पनीहरु पनि मर्ज भएर ठूलो पुँजी भएका कम्पनी बनाएर ठूला आयोजनाहरुमा काम गर्न आवश्यक भएको बताए ।

उनले सरकारले ल्याण्ड पुलिङ खुला गरी शहरी ऐन बनाउन आवश्यक रहेको उल्लेख गरे ।


क्लिकमान्डु