भारतीय कम्पनीलाई ४ अर्ब रुपैयाँ नतिरेपछि बन्द भएको इन्टरनेट अहिले कसरी खुल्यो ?




काठमाडौं । इन्टरनेट सेवाको भुक्तानी नरोक्ने नियामयक निकायको आश्वासनपछि इन्टरनेट खुलेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले भारतीय कम्पनी एयरटेलसँग बाँकी भुक्तानी रकम दिने आश्वासन र आफैं जिम्मेवार हुने गरी गरेको छलफलपछि इन्टरनेट खुलेको हो ।

सरकारले इन्टरनेट अत्यावश्यक सेवा भएकोले नरोक्न र सेवाप्रदायकबाट भुक्तानी दिलाउने आश्वासन एयरटेललाई दिएको कारण इन्टरनेट खुलेको खुलेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।

उनकाअनुसार सरकारसँगको समन्वयमा हामीले भारतीय कम्पनीसँग गरेको छलफलबाट आएको सकारात्मक नतिजाका कारण विहीबार साँझदेखि रोकिएको इन्टरनेट सेवा शुक्रबार विहानैदेखि खुलेको पौडेलले बताए


इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान) नेपालका अध्यक्ष सुधीर पराजुलीले भने सरकारकै कारण रोकिएको इन्टरनेट सेवा सरकारले नै पहल गरेर खुलेको हो । नियामक निकायले दिएको आश्वासनपछि इन्टरनेट खुलको छ ।

बाँकी पैसा भुक्तानी गर्ने विषयमा भने कुनै छलफल वा सहमति केही नभएको जानकारी पराजुलीले बताए । उनले भने ‘इन्टरनेट बन्द हुनु र खुल्नुमा हामी सेवाप्रदायकको कारणबाट होइन् ।’

नेपालका इन्टरनेट सेवा प्रदायकले भारतीय कम्पनी एयरटेललाईमात्र करिब ४ अर्ब रुपैयाँ तिर्न बाँकी छ ।


क्लिकमान्डु