मौसमको खराबीले २ वटा अन्तर्राष्ट्रिय उडानका जहाज डाइभर्ट, तीन एयरलाइन्स आकासमा फन्को मार्दै



काठमाडौ । विहीबार साँझ मौसममा आएको खराबीको असर आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका वायुसेवामा परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार खराब मौसम र हावाहुरीका कारण काठमाडौं आउँदै गरेको दुई वटा जहाज डाइभर्ट भएको छ ।

विमानस्थल कार्यालयका अनुसार भारतबाट आएको इन्डियो एयर डाभर्ट भएर लखनउ गरएको छ भने चीनबाट आएको चाइना इस्टर्न बंगलादेशको ढाका डाइभर्ट भएको छ ।

बंगलादेशको ढाकाबाट आएको विमान वंगलादेश, दिल्लीबाट आएको भिस्तारा र दोहाबाट आएको कतार एयरवेजका तीनवटा जहाजले अवतरण गर्न केही समय आकाशमै होल्ड गरिरहेका छन । यी जहाज केहीबेरमा हुने मौसम अनुकुल भएपनि अवतरण गर्ने भनेर आशासमा फन्को लगाउँदै बसेका छन ।

विहीबार साँझको हवाहुरीका कारण आन्तरिक विमानहरूलाई पनि असर परेको छ । विमानस्थल कार्यालका अनुसार केही वायुसेवाको उडान नभएको छैन भने केहीलाई अवतरणमा समस्या परेकेको काठमाडौं बाहिरको विमानस्थलमै पठाएइको छ ।


क्लिकमान्डु