सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड कायम भएको थियो । बिहीबार भने प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ३६ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै बिहीबार तेजावी सुनको मूल्य १ लाख ३५ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै बिहीबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १७ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु