श्रम बैंकबाट महानगरले लिएका ५५ जनाले यसरी सफा गरिरहेका छन् धोबीखोला (फोटो फिचर)



काठमाडौं । हरियो ज्याकेट लगाएर मान्छेहरु खोलामै पसेर काम गरिरहेको दृष्य अहिले सेतोपुलदेखि एक टोली र अनामनगर देखि माथि एक टोली देख्न सकिन्छ ।

गत चैत १८ गतेदेखि धोबीखोला अथवा रुद्रमती र वागमती नदी दोभानबाट रुद्रमतीको शिरतर्फ सफाइ सुरु भएको छ । काठमाडौं महानगरपालिकाले श्रम बैंकमार्फत लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीभित्रको सफाइ थालेको हो।

सफाइ हरेक दिन विहान ७ बजेदेखि अपरान्ह २ बजेसम्म भइरहेको छ । पहिलो चरण अन्तगर्त खोलाको फोहोर उठाएर छेउ मा जम्मा गर्दै आएको छ । फोहोर पूर्ण रुपमा जम्मा गरिसकेपछि डोजर लगाएर फोहोर झिकिने छ ।

काठमाडौंमा मुख्य ९ वटा नदी छन् । सफाइका क्रममा सबैभन्दा धेरै पाइने फोहोर प्लाष्टिक रहेको छ । यसपछि कपडा छन् । घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न प्रकारका फोहोर भेटिने गरेको छ ।

यी मध्ये बागमती नदीको पहिलेदेखि सफाइ भइरहेकोले महानगरपालिकाले यो नदी सफाइ गर्ने योजना बनाएको छैन । यसबाहेकका ८ वटा नदीको सफाइलाई नियमित सञ्चालन गरिनेछ ।

तस्बिरहरु: मनिष अर्याल/नेपाल फोटो लाइब्रेरीक्लिकमान्डु


क्लिकमान्डु