पार्टी फुटको संघारमा: पत्रकार सम्मेलन गर्दै डा बाबुराम भट्टराई



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

नेपाल समाजवादी पार्टी केन्द्रीय समितिको छैटौं पूर्ण बैठकहरूले गरेका निर्णयहरू सार्वजनिक गर्ने र समसामयिक राजनीतिमा पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको नेसपाले जनाएको छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सुविधानगरमा पत्रकारसम्मेलन आयोजना गरिएको हो ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईको नेसपा फुटेको डिलमा रहेको बेला उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) बाट विभाजित भएर आउँदा सँगै आएका महिन्द्र राय यादव समूहले छुट्टिएर नेकपा माओवादी केन्द्रसँग शनिबार पार्टी एकता गर्ने सहमति गरेका थिए ।

महिन्द्र पक्षधर नेसपाका महासचिव रमेशप्रसाद यादव र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले चारबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै माओवादी केन्द्रमा सहमति गर्ने निर्णय गरेका थिए ।

त्यसपछि बाबुराम भट्टराई पक्षले यादव पक्षलाई पार्टीबाट निकालेको छ भने यादव पक्षले छुट्टै केन्द्रीय समिति बैठक राखेर त्यसलाई अस्वीकार गरेको छ ।


क्लिकमान्डु