भैरहवाबाट महरालाई काठमाडौं ल्याएर सीआईबी कार्यालय लगियो



काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) पुर्‍याइएको छ ।

महरा आज बिहान भैरहवाबाट पक्राउ परेका थिए । उनलाई भैरहवा विमानस्थलबाट यति एयरलाइन्सको विमानमार्फत आजै काठमाडौं ल्याएको हो ।

काठमाडौं ल्याएर महरालाई सिधै सीआईबीको कार्यालय लाजिम्पाट लगिएको हो ।

भेपमार्फत् गरिएको ९ किलो सुन तस्करी र ब्रेक शुमा राखेर ६० किलो सुन तस्करी सम्बन्धी अनु्सन्धानका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई मु‍द्दा चलाउन सिफारिस गरेको थियो ।

आयोगले गत बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको थियो ।


क्लिकमान्डु