बहुउद्देश्यीय सहकारीको काम छैन, जिम्मेवार नहुने हो भने सहकारी थियो र भन्ने अवस्था बन्छ: खतिवडा



काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले बहुउद्देश्यीय सहकारी संस्थाहरुको काम नभएको बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा खतिवडाले बहुउद्देश्यीय नाम राखेर एकल उदेश्यको काम गर्ने संस्थाको काम नभएको बताए ।

‘अब बहुउद्देश्यीय सहकारी काम छैन,’ उनले भने ‘काम एकल गर्ने, नाम बहुउद्देश्यीय राखेर झुक्याउने काम भयो । सहकारीलाई नेटवर्किङ बनाउनु हुँदैन ।’

सहकारीको नाममा झुक्याउने, सहकारीले नेटवर्किङ गर्ने काम सन् २०२५ मा नै बन्द हुने उनको भनाइ छ ।

खतिवडाले सहकारी सदस्य समुदायप्रति जिम्मेवार नहुने हो सन् २०३०सम्ममा सहकारी संस्था थियो र ? भन्ने अवस्था आउने दाबी गरे ।

सहकारी डिजिटलमा जाँदा साइबर सुरक्षामा ध्यान दिनु पर्ने उनले बताए । सदस्यको कारोबार सुरक्षित राख्न चुनौती बढ्ने भएकाले त्यसलाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।

२०३० सम्ममा सहकारीहरु स्मार्ट हुनुपर्ने उनले बताए । सदस्यको सूचना सहितको डेटा एपमा राख्ने व्यवस्था गर्नु पर्ने बताउँदै खतिवडाले यसो हुँदा बचत फिर्ता गर्न घरघर जानु नपर्ने, शाखा खोल्न नपर्ने र नेकवर्किङ चलाउने काम रोकिने उनको भनाइ छ।


क्लिकमान्डु