रवि लामिछानेलाई मन्त्री बनाएकोमा कांग्रेसको प्रश्न



काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई मन्त्री बनाएको भन्दै प्रश्न उठाएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा कांग्रेस सचेतक सुशीला थिङले लामिछानेको योग्यतामाथि प्रश्न उठाएको हो ।

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाइएको भन्दै उनले प्रश्न उठाएकी हुन् ।

‘क्लिन चिट पाएका मन्त्रीहरू कसरी ल्याउनुभएछ भन्दाखेरि सहकारी ठगीमा जोडिएका, पोखरा महानगरिपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेका गृहमन्त्री बनाएर ल्याउनुभएछ,’ उनले भनिन्, ‘के नेपाल सरकारका प्रहरीले गृहमन्त्रीलाई स्यालुट गर्दै अनुसन्धानमा आफ्नो मुद्दामा आफूलाई दोषी हो भन्ने ठहर हुनेगरी यो अनुसन्धान होला कि नहोला ? यो जवाफ प्रधानमन्त्रीले दिने कि नदिने ?’

आफ्नो मुद्दाको फैसला आफैले गर्ने गरी गृहमन्त्रीमा लामिछानेलाई ल्याइएको कांग्रेसले भनेको छ ।


क्लिकमान्डु