ग्रील तथा स्टील व्यवसायी महासंघको महिला उप–समितिमा उचही निर्वाचित



काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ महिला उपसमितिले विष्णुमाया उचहीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

महासंघ अन्तर्गतको महिला उपसमितिको सम्पन्न राष्ट्रिय भेला तथा प्रथम अधिवेशनले उचहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपसमितिको उपाध्यक्षमा रुपन्देहीबाट देवी कार्की, सचिवमा काठमाडौंबाट सर्मिला कार्की (रिमाल), कोषाध्यक्षमा मकवानपुरबाट सरिता प्रधान चयन भएका छन् । यस्तै सदस्यहरुमा सम्झना सिलवाल (चितवन), सृजना भट्टराई(सुनसरी), प्रभा घिमिरे (पश्चिम नवलपरासी), तारा बुढाथोकी (पोखरा), गीता खम्चा (नवलपुर) सर्वसम्मतबाट चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष उचहीले आफ्नो नेतृत्वमा ग्रील तथा स्टील व्यवसायी महासंघमा आवद्ध महिला सदस्यहरुको साझा समितिलाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्ध भएर लाग्ने जानकारी दिइन् । उनले समग्र ग्रीलजन्य व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा समेत व्यक्त गरेकी छिन् ।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले महिलाहरु आर्थिक रुपमा सबल भएमात्रै देशको अर्थतन्त्र सबल हुने बताइन् । संघर्षसँग नडराउने व्यक्तिले नै संसार जित्न सक्ने भन्दै उनले संघर्षबाट नआत्तिन आग्रह गरिन् ।

आम महिलाको बारेमा नीतिगत रुपमा राज्यले र व्यवहारीक रुपमा समाजले समान धारण बनाउन सके अहिलेको विभेदको अवस्था अन्त्य हुने उनको भनाई थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले लघु घरेलु तथा साना उद्योग सञ्चालन र प्रवद्र्धनमा महिलाको उच्च भूमिका रहने भन्दै महिला उपसमितिका रुपमा संगठित हुँदै जानु खुशीको कुरा भएको बताए ।

ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले व्यवसायीलाई कुनै किसिमको दुःख र असुविधा आइपरेमा जस्तोसुकै अवस्थामा पनि आफु सहयोग गर्न तयार रहेको बताए ।


क्लिकमान्डु