मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्रीलाई राजनीतिक, रवि लामिछानेलाई विधेयक समितिको जिम्मा



सरकारले मन्त्रिपरिषद्का विभिन्न ५ वटा समिति बनाउने निर्णय गरेको छ ।

फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री र उपप्रधानमन्त्रीहरुको नेतृत्वमा मन्त्रिपरिषद्का विभिन्न समितिहरु बनाएको हो ।

सरकारकी प्रवक्ता रेखा शर्माले राजनीतिक समितिको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिइएको जानकारी दिइन् ।

त्यस्तै आर्थिक पूर्वाधार समितिमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, विधेयक समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, प्रशासन समितिमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र सामाजिक समितिमा उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई संयोजक तोकिएको छ ।


क्लिकमान्डु