राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल विजयी



काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार दिउँसो भएको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा कांग्रेस उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल विजयी भएका हुन् । उनले ३९ मत पाएका छन् ।

माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी दाहालले ३९ प्राप्त गरेका थिए ।

कांग्रेस उम्मेदवार शर्माले भने कांग्रेसको १६ र लोसपाका एक गरी १७ मत पाए ।


क्लिकमान्डु