मैले प्रहरीलाई सलाम गर्ने गरि काम गर्नुस्: गृहमन्त्री रवि लामिछाने



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफूले प्रहरीलाई सलाम गर्ने गरि काम गर्न अपिल गरेका छन् ।

सामाजिक सञ्जालबाट प्रहरीलाई अपिल सार्वजनिक गर्दै गृहमन्त्री लामिछाने गैरकानुनी काम गर्ने जो कोहीलाई पनि कारबाही गर्न आफ्नो वा कसैको आदेश कुर्नु नपर्ने भन्दै उनले ऐन कानुन अनुसार काम गर्न भनेका हुन् ।

‘देशको कुनै पनि भागमा कुनै पनि ब्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन,’ गृहमन्त्री लामिछानेले भनेका छन्, ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो । तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् ।’


क्लिकमान्डु