गृह मन्त्रालयको सचिवमा एकनारायण अर्यालको सरुवा



काठमाडौं । गृह मन्त्रालयको सचिवमा एकनारायण अर्यालको सरुवा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा श्रम सचिवका रुपमा कार्यरत उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्रालयको नेतृत्व लिएपछि सरुवा गरिएको हो ।

उनी गृह प्रशासनमा लामो समय प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरेका कर्मचारी हुन् ।

गृह सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।


क्लिकमान्डु