नमस्ते सहकारीका सञ्चालकले ठगे बचतकर्ताको साढे ३ करोड, ७ जना अझै फरार
काठमाडौं । आकर्षक ब्याज दिन्छु भन्दै नमस्ते बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको तीन ३ करोड ३८ लाख ३५ हजार ५०६ रुपैयाँ ठगी गरेका छन् ।
काठमाडौं महानगरपालिका–३२ तिनकुनेमा रहेको सहकारीका सञ्चालकले बचतकर्ता तीन ३ करोड ३८ लाख ३५ हजार ५०६ रुपैयाँ ठगी गरेका हुन् । बचतकर्तालाई ठग्नेमा सहकारीका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्य समेत १० जना रहेका छन् ।
बचतकर्ता ठगेर फरार रहेका १० जनामा ३ जना पक्राउ परेका छन् भने ७ जना अझै फरार रहेका छन् । बचतकर्ताको बचत ठगेर पक्राउ हुनेमा सहकारीमा अध्यक्ष रविन्द्र थापा, सचिव प्रमोद सिंजापति र लेखापाल तारा देवी मगर रहेका छन् ।
बचतकर्ता ठग्ने मध्ये बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका–५ घर भई काठमाडौं–३१ बस्ने नमस्ते बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष बर्ष ३७ को रबिन्द्र थापा पक्राउ परेका छन् ।
नेपालगंज उपमहानगरपालिका–४ गणेशपुरका प्रमोद सिंजापती पक्राउ परेका छन् । उनी संस्थाका सचिब हुन् ।
पक्राउ पर्नेमा ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपालिका–२ घर भई हाल भक्तपुर नगरपालिका–९ बस्ने सहकारीका लेखापाल तारा देबी मगर रहेकी छिन् ।
अझै ७ जना भने फरार रहेका छन् । फरार हुनेमा खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका– ६ का अर्जुन भट्टराई रहेका छन् । उनी सहकारीको उपाध्यक्ष रहेका थिए ।
सहकारीमा कोषाध्यक्ष बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–का श्रवण मगर, सदस्य काठमाडौंका ३० शनि शाक्य, सदस्य कालीडण्डकी गाउँपालिका–४ का सुधन पाण्डेय, सदस्य दोलखा जिल्ला भिमेश्वर नगरपालिका–९ का जानुका सुबेदी, बारा जिल्ला जितपुर उपमहानगरपालिका–१८ का श्रद्धा मगर र सिन्धुली जिल्ला कमलामाई नगरपालिका–३ का दिनेश राज सिग्देल रहेका छन् ।
उनीहरुले आकर्षक ब्याज दिन्छु भनेर १२८ जना बचतकर्ताको ३ करोड ३८ लाख ३५ हजार ५०६ रुपैयाँ ठगी गरेको भन्दै अदालतमा मुद्दा दायर भएको छ । सहकारीले बचतकर्ताको ७ सयदेखि लाखौ रुपैयाँ ठगेका छन् । ठगहरुलाई ७ वर्षसम्म कैद र ७० हजार जरिवाना माग गर्दैै काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको छ ।