महानगरले फुटपाथ व्यापारीमाथि ज्यादती गर्‍यो, सरकारले हस्तक्षेप गरोस्: सांसद पाण्डे



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यापारीमाथि ज्यादती गरेको भन्दै संघीय सरकारले हस्तक्षेप गर्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसद पाण्डेले काठमाडौं महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको ज्यादती अत्यन्त निन्दनीय भएको बताए ।

यस्तो काम गर्दा आवश्यकता परे संघीय सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ ।
उनले मिटरब्याज पीडित, लघुवित्त पीडित र सहकारी पीडितहरुको समस्या समाधान गर्न सरकारलाई आग्रह गरे ।

‘काठमाडौं महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको ज्यादती अत्यन्त निन्दनीय छ । यस्ता कार्य गर्ने कुराको तत्काल संघीय सरकारले पनि आवश्यकता पर्‍यो यो भने हस्तक्षेप गरोस्’ उनले भने ।

दुग्ध किसानहरुको रकम भुक्तानी गर्न पनि उनले माग गरे।


क्लिकमान्डु