शर्मिला बाइवालाई ४ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । पवन खतिवडा (म्याकुरी)माथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला अदालत काठमाडौंले बुधबारबाट लागू हुने गरी ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

आफूलाई कुटपिट र ब्ल्याकमेलिङ गरेको भन्दै म्याकुरीले वाइबाविरुद्ध महाराजगञ्ज प्रहरीमा जाहेरी दिएका थिए ।

उनको जाहेरीपछि प्रहरीले मंगलबार वाइबालाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो । हाल वाइबा महाराजगञ्ज प्रहरीको हिरासतमा छिन् ।


क्लिकमान्डु