एनआईसी एशिया बैंकको ५ लाख कित्ता संस्थापक सेयरको लिलामी खुल्यो, प्रतिकित्ता कति ?



काठमाडौं । एनआइसी एशिया बैंकले आजदेखि ५ लाख १३ हजार ३२५ कित्ता संस्थापक सेयरको लिलामी बिक्री खुला गरेको छ ।

संस्थापक सेयरमा प्रतिकित्ता न्यूनतम २०८ रुपैयाँका दरले फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन बैंकका संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।

यसको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । आवेदकले एनआइएमबि एस क्यापिटलकामा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम राखेर बोलपत्र पेश गर्नुपर्नेछ ।


क्लिकमान्डु