सौराहामा सिजी ब्राण्डको डिलर मिट



काठमाडौं । नेपालकै सबैभन्दा ठूलो ब्राण्ड सिजीले सौराहास्थित होटल जङ्गल क्राउनमा आफ्नो डिलर मीट कार्यक्रम सम्पन्न गरेको छ ।

फाल्गुन १४ गते उक्त कार्यक्रममा सिजीले पोखरा, बुटवल र नारायणघाट एरियासम्मका सम्पूर्ण डिलरहरुलाई निमन्त्रणा गरि कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा सिजीका भाईस प्रेसिडेन्ट एससिसाबु र बियु यच धर्मेन्द्र जोशीले दिप प्रज्जवलन गरि कार्यक्रम प्रारभ गरेका थिए ।

सेल्स हेड हरिचन्द्र अर्यालले आकर्षक स्किमको पनि घोषणा गरे । कार्यक्रममा ७० जना भन्दा बढि डिलरका साथै पत्रकारको उपस्थिति रहेको थियो ।

सिजी बाण्डका घरायसी सामाग्रीहरुको प्रदर्शनी गर्नुका साथै आफ्ना सामानहरुको जानकारी एवंम आउँदै गरेको सामानहरुको बारेमा पनि प्रोडक्ट प्लानिङ्ग म्यानेजमेन्ट टिमले बताए ।

कार्यक्रमा चौधरी ग्रुप लगायत सिजी बाण्डका कर्पोरेट भिडियो देखाई कम्पनी र बाण्डको बारेमा जानकारी दिइएको थियो । साथै बिभिन्न क्षेत्रका डिलरहरुलाई बिभिन्न अवार्डहरु बितरण गरि हौसला पनि प्रदान गरिएको थियो ।

क्रार्यक्रममा सिजीबाण्डले यू.एच.डि.र क्युलेड सेगमेन्टमा नयां गुगल टि.भी. सम्पूर्ण डिलरबीच लन्च गर्‍यो ।

आफ्ना सम्पूर्ण डिलरलाई आउँदा दिनहरुमा अझै राम्रा राम्रा सामानहरु र आकर्षक योजनाहरु पनि ल्याउने जानकारी दिदै सेल्स हेड हरिचन्द्र अर्याल र सिजी सेल्सका डिजीएम शैलेन्द्र झाले बाँचा गर्नुका साथै सिजीका मार्केटिङ मेनेजर गौरब हमालले आफ्ना बहुमुल्य शब्दहरुका साथ आफ्ना डिलरहरुलाई हौशला प्रदान गरे ।


क्लिकमान्डु