बालकुमारी घटनाको प्रतिवदेन अध्ययनका लागि दुई मन्त्रीलाई जिम्मा दिने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सरकारले गठन गरेको बालकुमारी घटना अध्ययन समितिको प्रतिवेदनलाई अध्ययन गर्न सरकारले दुई मन्त्रीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

सरकारले गठन गरेको समितिले यातायात मन्त्री प्रकाश ज्वालालाई पनि दोषी कारार गरेको भन्दै प्रतिपक्षी दलहरुले संसदमा बिरोध जारी राखेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन अध्ययन गरी सरकारलाई आवश्यक सिफारिस गर्न दुई जना मन्त्रीलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैठकले प्रतिवेदन अध्ययन गरी फागुन २० गतेभित्र सिफारिस गर्न ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत र कानुन मन्त्री धनराज गुरूङलाई जिम्मेवारी दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

गत पुसमा बालकुमारीमा कोरिया भाषा परीक्षाका लागि आवेदन दिन पुगेकाहरुले मन्त्री ज्वाला सवार गाडीमा आगजनी गरेका थिए भने प्रहरीसँगको झडपमा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।


क्लिकमान्डु