रवि लामिछानेको प्रश्न: विवादित मन्त्रीहरुलाई सदनमा उभिएर जवाफ दिन के ले रोक्यो ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसदमा उभिएर जवाफ दिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले विवादित मन्त्रीहरुले आफूहरुमाथिको आरोप निराधार हो भने संसदमा आएर जवाफ दिनुपर्ने बताए ।

सभामुखले पटक–पटक रुलिङ गरेको भन्दै उनले मन्त्रीहरुलाई संसदमा उभिएर जवाफ दिन के ले रोकेको छ ? भनि प्रश्न गरे । ‍सार्वभौम संसदलाई लडाई र आरोप–प्रत्यारोपको क्षेत्रजस्तो किन बनाइँदैछ ? भनि प्रश्न गरे । एनसेल खरिद बिक्री प्रकरणको छानविन प्रतिवेदनमाथि पनि संसदमा छलफल हुनुपर्ने उनले बताए ।

लामिछानेले सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान नगरेको बताए । सरकारले विगतमा मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने झुटो आश्वासन दिएको उनको भनाइ छ ।


क्लिकमान्डु