बागमती प्रदेश लोकसेवा आयोगले खुलायो रोजगारीको अवसर



काठमाडौं । बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले विभिन्न पदका लागि रोजगारी खुलाएको छ ।

आयोगले वन सेवाको एघारौं तह र स्वास्थ्य सेवा तर्फका नवौं, आठौं र सातौं तहका पदहरुमा ज्येष्ठता र कार्य सम्पादनको मूल्यांकनद्वारा हुने बढुवा, कार्य क्षमता मूल्यांकनद्वारा हुने बढुवाका साथै आन्तरिक, अन्तरसेवा, अन्तरतह र खुल्लातर्फबाट पदपुर्ति हुने गरि रोजगारीको अवसर खुलाएको हो ।

वनतर्फ एघारौं तहको पदमा कार्य क्षमता मूल्यांकनद्वारा बढुवा गरिनेछ भने स्वस्थ्य सेवाका अधिकृत नवौं तह र अधिकृत सातौं तहका पदहरुको कार्य क्षमताको मूल्यांकनद्वारा बढुवा गरिने प्रदेश लोक सेवा आयोगले जनाएको छ ।

प्रदेश निजामती सेवा स्वास्थ्उ सेवाका अधिकृत नवौं तहका पद, अधिकृत सातौ तहका पद र आठौं तहका पदहरुकोआन्तरिक अन्तर सेवा, अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परिक्षाबाट पदपूर्ति गरिने प्रदेश लोकसेवा आयोगले जनाएको छ।


क्लिकमान्डु