सेयर बजारमा सामान्य गिरावट, तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ६.४६ अंकले घटेर परिसूचक २०२६.५९ बिन्दु कायम भएको छ ।

३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक १६३.६२ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

कारोबारमा बैंकिङ समूहको ३.०३, विकास बैंक २४.४५, वित्त ४.६२, होटल ३८.३८, जलविद्युत २३.४३, जीवन बिमा २९.५५, माइक्रोफाइनान्स ९.७०, निर्जीबन बिमा समूहको उपसूचक ३२.५६ अंकले घटेको छ ।

कारोबारमा तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु, हिमालयन उर्जा विकास कम्पनी, समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । कम्पनीको ११ करोड १२ लाख २८ हजार ५६९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एनआईसी एशिया बैंक र पिपुल्स पावर कम्पनी रहेको छ ।


क्लिकमान्डु