सरकार आफ्ना वरिपरिका मान्छेलाई जोगाउने र निर्दोषलाई फसाउने खेलमा लाग्यो: रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना वरिपरिका मान्छेलाई जोगाउने र निर्दोषलाई फसाउने खेलमा सरकार संलग्न रहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा लामिछानेले बालकुमारी घटनामा मन्त्री दोषी देखिएको प्रतिवेदन सार्वजनिक भए पनि सरकारले उनलाई कारबाही नगरिएको बताए । उनले मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरे ।

भ्रष्टाचारका फाइल खोल्ने भनेको सरकार आफ्ना र गठबन्धनका मान्छे जोगाउन लागि परेको उनको आरोप छ । उनले आफ्नो पार्टीका सबै सांसदका फाइल खोल्न माग गरे ।

लामिछानेले आफ्ना मान्छे चोख्याउनका लागि सरकारले फाइल खोल्छ र आफ्ना मान्छेलाई चोख्याउँछ भन्ने कुरा ललिता निवास, भुटानी शरणार्थी प्रकरणलगायतमा पुष्टि भइसकेको भन्दै निर्दोष व्यक्तिविरुद्ध भने उजुरी मागेर फसाउने गरेको बताए ।


क्लिकमान्डु