नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई अहिलेसम्मकै धेरै बोनस दिने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले अहिलेसम्मकै सबैभन्दा धेरै बोनस बीमितलाई दिने भएको छ । नेपाल बिमा प्राधिकरणको स्विकृती लिएर कम्पनीले प्रतिहजार बिमालेख बराबर अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने भएको हो ।

कम्पनीले न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले सावधिक जीवन बिमालेखमा ६० रुपैयाँ देखी ८२ रुपैयाँ दिने भएको हो ।

बिमालेखको अवधिअनुसार १० वर्षसम्म, ११ वर्षदेखि १५ वर्षसम्म र १६ वर्षदेखि २० वर्षसम्मका लागि प्रतिहजार बिमालेख बराबर ६० रुपैयाँ बोनस तोकेको हो । २६ देखि ३० वर्ष र ३० वर्ष देखि माथिका सबै बिमालेखमा भने कम्पनीले ८२ रुपैयाँ बोनस दिनेछ ।

यस्तै सावधिक जीवन बिमालेख अन्र्तगत नौलो केटाकेटी जीवन बिमामा कम्पनीले न्यूनतम ६५ रुपैयाँ देखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दिने भएको छ ।

१० वर्ष, ११ देखि १५ वर्ष र १५ देखि २० वर्ष अवधिका बिमालेखमा ६५ रुपैयाँ र २१ वर्ष देखि २५ वर्षसम्मका बिमालेखमा ७२ रुपैयाँ बोनसदर कायम गरेको हो । यस्तै २६ वर्ष देखि ३० वर्ष र ३० वर्षभन्दा माथि अवधि भएका बीमालेखमा भने ८२ रुपैयाँ बोनस दिनेभएको छ ।

कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गतकै जीवन समुन्नत बीमालेखमा भने न्युनतम ५६ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमालेखमा ६० देखि ८२ रुपैयाँसम्मको बोनस दिनेभएको छ ।

अग्रिम भुक्तानी सावधिक बीमालेखमा र धन वर्षा-१५ र २० का बीमालेखमा भने कम्पनीले ५० रुपैयाँ बोनसदर कायम गरेको छ।

अन्य समूह अन्तर्गतका जीवन सारथी बीमामा भने कम्पनीले अधिकतम ६२ रुपैयाँ देखि ८५ रुपैयाँसम्मको बोनसदर कायम गरेको छ ।


क्लिकमान्डु