मंसिरमा बीमितले गरे १ अर्ब रुपैयाँ माथिको बिमालेख सरेण्डर, कुन कम्पनीको कति ?



काठमाडौं । मंसिर महिनामा १ अर्ब रुपैयाँ माथिको बिमालेख सरेण्डर (समर्पण) भएका छन् । नेपाल बिमा प्राधिकरणकाअनुसार मंसिर महिनामा मात्रै ९ हजार ७ सय ४४ वटा बिमालेख सरेण्डर भएका हुन् ।

उक्त बिमालेख १ अर्ब ८ करोड ७० लाख रुपैयाँ बराबरका थिए । बिमालेख सरेण्डर भनेको बिमितले तिरिसकेको बिमांक रकम निकालेर उक्त बिमा योजनाबाट बाहिरिनु हो ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको बिमालेख सरेण्डर भएका हुन् । मंसिर महिनामा नेपाल लाइफ इन्स्योरेन्सका बीमितले ३६ करोड ३५ लाख रुपैयाँ बराबरको २ हजार ४२५ वटा बिमालेख सरेण्डर गरेका हुन् ।

गत कात्तिकमा बीमितले २६ करोड ४३ लाख रुपैयाँ बराबरको १७ सय ७७ वटा मात्रै बिमा सरेण्डर गरेकोमा मंसिरमा सरेण्डर रकम ३७ प्रतिशतले बढेको हो ।

सरेण्डको आधारमा दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ। यो कम्पनीको २२ करोड ८ लाख रुपैयाँ बराबरको १ हजार ९४७ वटा बिमालेख सरेण्डर भएका हुन् । कार्तिक महिना १७ करोड ४५ लाख रुपैयाँ बराबरको १ हजार १ सय ५५ वटा बिमालेख सरेण्डर भएका थिए । तुलनात्मक रुपमा रकमका आधारमा मंसिरमा यो कम्पनीको २६ प्रतिशतले बिमा सरेण्डर बढेको हो ।

यस्तै राष्ट्रिय बिमा कम्पनीको १२ करोड ५ लाख बराबरको १ हजार ५८५ वटा बिमालेख सरेण्डर हुँदा एशियन लाइफ इन्स्योरेन्सको ८ करोड ७१ लाख रुपैयाँ बराबरको १ हजार ९९ वटा बिमालेख सरेण्डर भएका हुन् ।

यी बाहेक नेशनल लाइफ इन्स्योरेन्सको ६ करोड ८२ लाख रुपैयाँ बराबरको ४२२ वटा,सुर्यज्योति लाइफ इन्स्योरेन्सको ६ करोड रुपैयाँ बराबरको ४७४ वटा बिमालेख सरेण्डर भएका छन् ।

हिमालयन लाइफ इन्स्योरेन्सको ५ करोड ८७ लाख रुपैयाँ बराबरको ७८१ वटा बिमालेख सरेण्डर हुँदा मेट लाइफ इन्स्योरेन्सको भने ३ करोड ८० लाख रुपैयाँ बराबरको ३२६ वटा बिमालेख सरेण्डर भएका हुन् ।

यो सँगै सानिमा लाइफ इन्स्योरेन्स २ करोड रुपैयाँ बराबरको १६० वटा बिमालेख र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १ करोड ५९ लाख रुपैयाँ बराबरको १४० वटा बिमालेख सरेण्डर भएका हुन् । आइएमई लाइफ इन्स्योरेन्सको भने १ करोड १४ लाख रुपैयाँ बराबरको ११२ वटा बिमालेख सरेण्डर भएका छन् ।

रकमका आधारमा एक करोड भन्दा कमका बिमालेख सरेण्डर हुनेमा सिटिजन्स लाइफ इन्स्योरेन्स,रिलायबल लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् । यी तीवटै कम्पनीको क्रमश ९२ करोड,६६ करोड र ६५ करोड रुपैयाँ बराबर बिमालेख सरेण्डर भएका हुन् ।

मंसिर महिनामा बिमा प्रिमियमका आधारमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको र सबैभन्दा थोरै सन नेपाल लाइफ इन्स्योरेन्सको बिमालेख सरेण्डर भएको हो ।

समग्रमा यो महिना १४ वटा जिवन बिमा कम्पनीको १ अर्ब ८ करोड ७० लाख रुपैयाँ बराबरको ९ हजार ७४४ वटा बिमालेख बीमितले सरेण्डर गरेका हुन् ।

कार्तिक महिनाको तुलनामा मंसिर महिनामा बिमालेख सरेण्डर ३६ प्रतिशतले बढेको हो । कार्तिकमा कुल ७९ करोड ४९ लाख रुपैयाँ बराबरका बिमालेख सरेण्डर भएकोमा मंसिर महिनामा १ अर्ब ८ करोड ७० लाख रुपैयाँको बिमालेख सरेण्डर भएको हो।


क्लिकमान्डु