३९ प्रतिशतले घट्यो सांग्रिला विकास बैंकको नाफा



काठमाडौं । सांग्रिला विकास बैंकको नाफामा करिब ३९ प्रतिशतले कमी आएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले कुल १० करोड २ लाख रुपैयाँ नाफा कमाएको हो । गत वर्ष सोही अवधिमा बैंकको नाफा १६ करोड ६५ लाख रुपैयाँ थियो । तुलनात्मक रुपमा यस वर्ष ३९.८२ प्रतिशतले नाफामा गिरावट आएको हो ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा पनि ऋणात्मक रहेको छ । बैंकको वितरणयोग्य नाफा २१ करोड ३६ लाख रुपैयाँले ऋणात्मक रहको हो ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २२ पैसा घटेर ५ रुपैयाँ ८४ पैसामा आइपुगेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ३९ पैसा रहेको छ।

यस्तै बैंकको निष्कृय कर्जा ४.८९ प्रतिशत छ । गत वर्ष यस्तो कर्जा ३.३६ प्रतिशत थियो ।


क्लिकमान्डु