मुक्तिनाथ विकास बैंकको नाफा ३२ प्रतिशतले घट्यो



काठमाडौं । मुक्तिनाथ विकास बैंकको नाफामा ३२ प्रतिशतले कमी आएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको नाफा ३२ प्रतिशत अर्थात २० करोड रुपैयाँले घटेको हो । पुस मसान्तसम्म बैंकले ४२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

जबकी गत वर्ष सोही अवधिमा बैंकको नाफा ६२ करोड ६२ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा यस वर्ष २० करोड रुपैयाँले नाफा घटेको हो ।

कुल नाफा सँगै बैंकको वितरणयोग्य नाफा पनि ऋणात्मक देखिएको छ। बैंकको वितरणयोग्य नाफा ३१ करोड ७२ लाख रुपैयाँले ऋणात्मक रहेको हो । गत वर्ष सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ६ करोड ३ लाख रुपैयाँ थियो ।

यस्तै बैंकको निष्कृय कर्जा पनि बढेर २.५ प्रतिशतमा पुगेको छ । गत वर्ष यस्तो कर्जा ०.९८ प्रतिशतमा थियो ।


क्लिकमान्डु