प्रभु बैंकको नाफा ३९.९७ प्रतिशतले घट्यो, खराब कर्जा ५ प्रतिशत नजिक



काठमाडौं । पुस मसान्तसम्ममा प्रभु बैंकको ३९.९७ प्रतिशतले घटेको छ ।

गत आवको पुस मसान्तमा १ अर्ब १९ करोड ९९ लाख ६१ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा बैंकले ७२ करोड ३ लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड ७४ लाख ६८ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार खुद ब्याज आम्दानी ४०.५८ प्रतिशतले बढेर ४ अर्ब ७६ करोड ६८ लाख १२ हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन नाफा ५.७७ प्रतिशतले बढेर १ अर्ब ७२ करोड ८५ लाख १७ हजार रुपैयाँ पुगेको छ । २३ अर्ब ५४ करोड २४ लाख ९० हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ११ करोड १५ लाख ४ हजार रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी ६ रुपैयाँ १२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ २ पैसा रहेको छ । बैंकको खराब कर्जा ४.९० प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा १.९८ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु