एनएमबि बैंकको नाफा ५२ करोड रुपैयाँले घट्यो



काठमाडौं । एनएमबी बैंकको नाफा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५२ करोड ५१ लाख ६६ हजार रुपैयाँले घटेको छ । यस्तो नाफा गत वर्षको सोही अवधिको तुलनामा २७.६२ प्रतिशतले घटेको छ ।

एनएमबि बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यो वर्षको ६ महिनामा बैंकले १ अर्ब ३७ करोड ५९ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यस्तो नाफा गत वर्षको सोही अवधिमा १ अर्ब ९० करोड ११ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

बैंकले यो अवधिसम्ममा ३ अर्ब ७४ करोड २ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो यस्तो ब्याज आम्दानी गत वर्षको सोही अवधिमा ५२ करोड रुपैयाँले घटेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २६ करोड ९२ लाख ८८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यो बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १० अर्ब ५५ करोड ५३ लाख रुपैयाँ रहेको छ ।

बैंकले यो अवधिमा २ खर्ब ३१ अर्ब ३२ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ९४ अर्ब १८ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो बैंकको खराब कर्जा चालू आवको ६ महिनासम्ममा २.८६ प्रतिशत रहेको छ । यस्तो खराब कर्जा गत वर्षको सोही अवधिसम्ममा २.२४ प्रतिशत मात्रै थियो ।

यो बैंकको पीई रेसियो १३ रुपैयाँ ४८ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १५२.६ रुपैयाँ छ ।


क्लिकमान्डु