प्राइम कमर्सियल बैंकको नाफामा उछाल, ६ महिनामा ३२ प्रतिशतले बढ्यो



काठमाडौं । प्राइम कमर्सियल बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३२.१३ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बैंकले जारी गरेको अपरिष्कृत वित्तीय विवरण अनुुसार बैंकले ५३ करोड ०८ लाख रुपैयाँले नाफा बढाएको छ ।

यस्तो विवरण अनुसार प्राइमले चालु आवको ६ महिनामा २ अर्ब १८ करोड २९ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिसम्सम्मा १ अर्ब ६५ करोड २० लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ८७  करोड ४३ लाख ९९ हजार रुपैयाँ छ । यस्तो ब्याज आम्दानी गत वर्षको तुलनामा ९.५३ प्रतिशत अर्थात ३३ करोड ३७ लाख रुपैयाँले बढेको छ । गत वर्षको सोही अवधिमा यसको खुद ब्याज आम्दानी ३ अर्ब ५३ करोड ७० लाख ४९ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब ११ करोड ८४ लाख रुपैयाँ रहेको छ । यस्तो आम्दानी गत वर्ष २ अर्ब ३६ करोड २३ लाख रुपैयाँ रहेको थियो ।

यो बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ रहेको छ । बैंकले चालू आवको पहिलो ६ महिनामा ग्राहबाट २ खर्ब ६ अर्ब २६ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ७० अर्ब ७३ करोड रुपैयाँ २ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको जगेडा कोषमा ९ अर्ब ९३ करोड ३० लाख ६३ हजार रुपैयाँ सञ्चित छ ।

बैंकको खराब कर्जा चालु आवको पहिलो ६ महिनामा ४.०७ प्रतिशत रहेको छ । यस्तो खराब कर्जा गत वर्षको सोही अवधिमा २.८१ प्रतिशत रहेको थियो ।

यो बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४७ पैसा बढेर २२ रुपैयाँ ५० पैसा पुगेको छ । गत वर्षको यो अवधिमा यसको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३ पैसा गरेको छ । यसको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ २२ पैसा रहेको छ ।  


क्लिकमान्डु