एनआईसी एशिया बैंकको नाफा ४१.८४ प्रतिशतले घट्यो, खराब कर्जा बढ्यो



काठमाडौं । एनआईसी एशिया बैंकले पुस मसान्तसम्ममा १ अर्ब ९० करोड ३८ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन गत आवको सोही अवधिको तुलनााम ४१.८४ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड ३३ लाख ३० हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशतले घटेले ५ अर्ब ५४ करोड १४ लाख १७ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा २४.१३ प्रतिशतले घटेर ३ अर्ब ५६ करोड १० लाख ४० हजार रुपैयाँ रहेको छ ।

१४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ६७ करोड ८३ लाख रुपैयाँ रहेको छ । बैंकले ३ खर्ब ८१ अर्ब २६ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९३ अर्ब ८० करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ १० पैसा रहेको छ । बैंकको निष्क्रिय कर्जा ०.६१ प्रतिशतबाट बढेर १.१९ प्रतिशत पुगेको छ ।


क्लिकमान्डु