आरएसडीसी लघुवित्तको नाफासँगै घटे सबै वित्तीय सूचक



काठमाडौं । आरएसडीसी लघुवित्तको नाफासँगै सबै वित्तीय सूचकहरु घटेका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्म नाफा १२ प्रतिशतले घटेर ६ करोड ९३ लाख रुपैयाँमा संकुचित भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तको नाफा ७ करोड ९४ लाख रुपैयाँ थियो । नाफासँगै लघुवित्तको सञ्चालन नाफा र खुद ब्याज आम्दानी पनि घटेको छ । खुद ब्याज आम्दानी १२ करोड २० लाख रुपैयाँ छ भने सञ्चालन नाफा ९ करोड ९० लाख रुपैयाँ छ ।

यस्तै कम्पनीको खराब कर्जा पनि बढेको छ । लघुवित्तको चालु आर्थिक वर्षको पुस मसान्तसम्म खराब कर्जा रेसियो १.०१% ले बढेर १.८२% पुगेको छ । गत वर्ष यस्तो रेसियो ०.८१ प्रतिशत थियो । लघुवित्तको चुक्ता पुँजी ८६ करोड ९५ लाख रुपैयाँ छ ।


क्लिकमान्डु