घट्यो इन्धनको मूल्य



काठमाडौं । नेपाल आयल निगमनले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको हो ।

निगमले पेट्रोल, मट्टीतेल र डिजेलको मूल्य प्रति लिटर एक रुपैयाँका दरले घटाएको छ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यको आधारमा मूल्य समायोजन गरेर मूल्य घटाएको जनाएको हो । नयाँ मूल्य अनुसार उपभोक्ताले अब प्रति लिटर पेट्रोललाई १६६ रुपैयाँ, डिजेल र मट्टितेललाई १५६ रुपैयाँ तिर्नु पर्नेछ ।

नयाँ मूल्य आज राति १२ बजेदेखि लागु हुने छ ।


क्लिकमान्डु