वाणिज्य बैंकले कमाए साढे २८ अर्ब बढी नाफा, कुन बैंकको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा वाणिज्य बैंकको नाफा साढे २८ अर्ब रुपैयाँ नाघेको छ । साउनदेखि मंसिरको अवधिमा २० वटा वाणिज्य बैंकले २८ अर्ब ६४ करोड ६६ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

५ महिनाको अवधिमा १४ वटा बैंकको नाफा अर्ब बढी पुगेको छ भने बाँकी ६ वटा बैंकको नाफा अर्बभन्दा कम आर्जन भएको छ ।

यो अवधिमा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ भने सबैभन्दा कम नाफा आर्जन गर्नेमा कृषि विकास बैंक रहेको छ । यो अवधिमा नबिल बैंकको नाफा २ अर्ब ९६ करोड ९३ लाख ५० हजार रुपैयाँ रहेको छ भने सबैभन्दा कम नाफा आर्जन कृषि विकास बैंकले ४० करोड ३८ लाख ६० हजार कमाएको छ ।

नाफा आर्जनको हिसाबले नबिल र ग्लोबल आइएमई बैंक प्रतिस्पर्धामा रहेका छन् । ग्लोबल आइएमईले २ अर्ब ७३ करोड ७९ लाख २० हजार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक २ अर्ब ६० करोड ९० लाख ५० हजार, प्राइम बैंकले १ अर्ब ९२ करोड ८९ लाख ४० हजार, एनआईसी एशिया बैंकले १ अर्ब ८५ करोड १ लाख, हिमालयन बैंकले १ अर्ब ८० करोड ४९ लाख २० हजार रुपैयाँ नाफा कमाएका छन् ।

राष्ट्र बैंककाअनुसार प्रभु बैंकले १ अर्ब ४९ करोड ४५ लाख, एनएमबि बैंकले १ अर्ब ४५ करोड १३ लाख, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ४१ करोड १ लाख, एभरेष्टले १ अर्ब ४० करोड ३२ लाख, कुमारी बैंकले १ अर्ब ३० करोड १५ लाख, स्टयान्डर्ड चार्टर्ड बैंकले १ अर्ब २५ करोड ६० लाख, नेपाल बैंकले १ अर्ब २१ करोड ३१ लाख, सानिमा बैंकले १ अर्ब ७ करोड ६३ लाख रुपैयाँ नाफा कमाएका छन् ।

केन्द्रीय बैंककाअनुसार लक्ष्मी सनराइज बैंकले ८९ करोड ८० लाख, माछापुच्छ्रे बैंकले ७६ करोड २७ लाख, सिटिजन्स बैंकले ७४ करोड ३५ लाख, नेपाल एसबिआई बैंकले ७० करोड ८० लाख, सिद्धार्थ बैंकले ६२ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।


क्लिकमान्डु