फर्स्ट माइक्रोफाइनान्सले दियो १५ प्रतिशत लाभांश



काठमाडौं । फर्स्ट माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश पारित गरेको छ ।

२०७९/०८० को मुनाफावाट सेयरधनीहरुलाई संस्थाको चुक्ता पुँजीको ७.५ प्रतिशत वोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको हो ।

आइतबार सम्पन्न चौधौं साधारणसभाले सञ्चालक समितिका तर्फवाट अध्यक्ष सुरेन्द्रराज रेग्मीले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो ।

सभाले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) बमोजिम तयार गरिएको बार्षिक वित्तीय विवरण सहितको लेखापरीक्षण प्रतिवेदन समेत पारित गरेको छ ।


क्लिकमान्डु