सिन्धु विकास बैंकले चैतमा साधारणसभा गर्ने



सिन्धु विकास बैंकले वार्षिक साधारणसभा चैतमा मात्रै गर्ने भएको छ। कम्पनीले सर्वाजनिक सूचना निकाल्दै पुस मसान्तमा लेखापरीक्षण नसकिएका कारण साधारणसभाको समय सारेको हो ।

कम्पनी ऐन २०६३ को दफा ७६ बमोजिम कम्पनीले आर्थिक वर्ष समापत भएको ६ महिना अर्थात पुस मसान्तसम्ममा साधारणसभा गरिसक्नु पर्ने व्यवस्था छ ।

बैंकले आर्थिक बर्ष २०७९/८० को वार्षिक वित्तीय विवरणको बाह्य लेखापरिक्षण नसक्दा समयमै साधारणसभा गर्न नसकेको हो।


क्लिकमान्डु