एनएलजी इन्स्योरेन्सले सेयरधनीलाई ५.५ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । एनएलजी इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको ५.५ प्रतिशतले हुन आउने रकम बराबरको लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७९/८० को संचित नाफाबाट बोनस सेयर दिने घोषणा गरेको हो ।

कम्पनीले चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७ सय ९१ रुपैयाँको ५.५ प्रतिशतले आउने ८ करोड २ लाख ६० हजार १ सय ६९ रुपैयाँ बराबरको बोनस सेयर दिने भएको हो ।

इन्स्योरेन्सले यसपालि लगानीकर्तालाई नगद लाभांश भने नदिने भएको छ। बोनस सेयरको कर प्रयोजनार्थका लागि मात्रै कम्पनीले ०.२८९४७ प्रतिशतले हुन आउने ४२ लाख २४ हजार २ सय १९ रुपैयाँ नगद लाभांश छुट्याएको हो ।

कम्पनीले बीमा प्राधिकरणमा लाभांश स्विकृतका लागि प्रस्ताव पेश गरेको छ । प्राधिकरणबाट स्विकृत लिएर अगामी साधारणसभाबाट पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् ।


क्लिकमान्डु