१८ वटा बैंकले घटाए ब्याजदर, कुनको कति ?



काठमाडौं । माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् ।

बैंकहरुले माघ १ गतेदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर घटाएका हुन् । वाणिज्य बैंकहरुले पुसको तुलनामा अधिकतम ०.२ प्रतिशतदेखि अधिकतम १.७५२ प्रतिशत बिन्दुसम्मले ब्याजदर घटाएका हुन् ।

कृषि विकास बैंकले १.७५२ प्रतिशत बिन्दुल‍ले ब्याजदर घटाएको छ । माघमा ७.२६ प्रतिशत ब्याज दिने जनाएको छ । यस्तै माघ महिनाका लागि माछापुच्छ्रे, लक्ष्मी सनराईज, नेपाल र एभरेष्ट बैंकले ब्याजदर ८ प्रतिशतमा पुर्याएका छन् भने प्रभु र एनआईसी एशिया बैंकले ८.०६५ प्रतिशत पुर्याएका छन् ।

माघमा स्टयान्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकले ८.०७ प्रतिशत र सिद्धार्थ प्राइम कमर्शियल, ग्लोबल आइएमई र नबिल बैंकले ८.१ प्रतिशत ब्याजदर तोकेका छन् ।

कुमारी बैंकले ८.११ प्रतिशत, सानिमा र हिमालयन बैंकले ८.१५ प्रतिशत ब्याजदर तोक्दा नेपाल एसबिआई बैंकले ८.२५ प्रतिशत ब्याज तोकेको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८.६ प्रतिशत ब्याजदर तोक्दा सिटिजन्स बैंकले ९.१५ प्रतिशत ब्याजदर तोकेका छन् ।

एभरेष्ट बैंक र एनएमबि बैंकले माघमा ब्याजदर हेरेफेर गरेका छैनन् । पुसको जति नै रहेको छ । एनएमबी बैंकको माघमा लागुहुने ब्याजदर ९ प्रतिशत छ भने एभरेष्ट बैंकको ८ प्रतिशत नै छ । बैंकिङ प्रणालीमा कर्जाको माग घटेर निक्षेप बढ्दा बैंकहरुले ब्याजदर घटाएका छन् ।


क्लिकमान्डु