पवनदूत यातायातद्वारा रेडक्रसलाई सहयोग



काठमाडौं । सुदुरपश्चिमको पवनदूत सार्वजनिक यातायात सेवा प्राइभेट लिमिटेडले वार्षिक साधारण सभाको अवसरमा कञ्चनपुरस्थित नेपाल रेडक्रस सोसाइटीलाई आर्थिक सहयोग गरेको छ ।

पवनदूत यातायातको तर्फबाट प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्य (सरोज)प्रसाद सिटौलाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका सभापति टेकराज उप्रेतीलाई नगद २५ हजार रुपैयाँबराबरको चेक हस्तान्तर गरेका हुन् ।

सिटौलाको प्रमुख आतिथ्यमा भएको वार्षिक साधारण सभाको अवसरमा महासंघका उपाध्यक्ष डम्बर दत्त पन्त, सुनौलो महाकालीका अध्यक्ष जनकबहादुर चन्दले संयुक्त रुपमा उत्कृष्ट यातायात व्यवसायी, चालक र कर्मचारीलाई सम्मान गरेको पवनदूत यातायातका अध्यक्ष निरञ्जनबहादुर मल्लले जानकारी दिए ।

व्यवसायीतर्फ महेन्द्रनगरबाट काठमाडौं रुटमा चल्ने सार्वजनिक बसका व्यवसायी दुर्गादत्त भट्ट, स्थानीय रुटमा चल्ने बसका व्यवसायी नवराज बोहरा, बुकिंग कलर्क दिपक सिंह भण्डारी र मदनसिंह भण्डारी तथा चालक हर्कबहादुर ऐरलाई सम्मान गरिएको थियो ।


क्लिकमान्डु