यी हुन् लुम्बिनी विकास बैंकका ठूला सेयरधनी, सबैभन्दा बढी स्याकारको



काठमाडौं । लुम्बिनी विकास बैंकको ठूला सेयरधनीमा २२ व्यक्ति तथा कम्पनी रहेका छन् । २२ मध्ये ४ वटा संस्था रहेका छन् भने बाँकी १८ व्यक्ति रहेका छन् । बैकमा सबैभन्दा बढी सेयर स्वामित्व स्याकार प्रालिको ६.१३ प्रतिशत रहेको छ ।

बैंकमा चिन्तामणी भट्टराईको ३.८३ प्रतिशत, शान्ति श्रेष्ठको १.७५ प्रतिशत, आरएसी इन्भेष्टमेन्ट प्रालिको १.७१ प्रतिशत, मन प्रसाद वाग्लेको १.६३ प्रतिशत, मिङमा दोर्जे शेर्पाको १.५९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै बैंकमा कान्छा गुरुङको १.५० प्रतिशत, सुशिलराज पराजुलीको १.२९ प्रतिशत, सुधिर प्रसाद शर्माको १.१२ प्रतिशत, पुष्पाज्योति ढुंगानाको १.०५ प्रतिशत सेयर स्वामित्व रहेको छ । अन्य ठूला सेयरधनीको सेयर स्वामित्व १ प्रतिशत भन्दा कम रहेको छ ।

रामजी प्रसाद बास्तोलाको ०.८५ प्रतिशत, श्यामुकपु इन्टरनेशनलको ०.७३ प्रतिशत, श्याम कुमार क्षेत्रीको ०.६७ प्रतिशत, विजय कुमार सरावगीको ०.६६ प्रतिशत, अजय कुमार सरावगीको ०.६६ प्रतिशत, हरपल इन्भेष्टमेन्ट कम्पनीको ०.६४ प्रतिशत, दिपक शेरचनको ०.६४ प्रतिशत, मनकाजी माकजुको ०.५९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकमा बासु श्री श्रेष्ठ कर्माचार्यको ०.५४ प्रतिशत, शेखर घिमिरेको ०.५३ प्रतिशत, बेल बहादुर गुरुङको ०.५२ प्रतिशत र बिनोद बहादुर श्रेष्ठको ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु