एशियन लाइफ इन्स्योरेन्सले निकाल्यो ऋण नतिर्नेको सूची



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले ३४ जना ऋणीलाई ऋण तिर्नका लागि ३५ दिने अल्टिमेटम दिएको छ ।

इन्स्योरेन्सले सूचना जारी गर्दै मोटरलसाइकल,ल्यापटप लगायतका खरिद शीर्षकमा लगेको कर्जा नतिरेपछि ऋणीलाई सम्पर्कमा आउन भनेको हो ।

इन्स्योरेन्सले तोकेको समयभित्र कर्जा चुक्ता नगर्ने ऋणीको समान लिलामीमा गर्ने र कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रलाई सिफारिस गर्ने जनाएको छ ।


क्लिकमान्डु