रिलायबल नेपाल लाइफको ३ लाख ११ कित्ता सेयरको लकिङ सकिँदै



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ लाख ११ हजार १ सय ४१ कित्ता सेयरको लकिङ अवधि सकिँदै छ । माघ मसान्तबाट लकिङ अवधि सकिने कम्पनीले जनाएको हो ।

धितोपत्र बोर्डले कम्पनीले सामुहिक लगानीकोषकोका लागि छुट्याएको ५ प्रतिशत सेयर मध्ये ३ लाख ११ हजार कित्ता सेयर धितोपत्र बोर्डले लकिङमा राख्न निर्देशन दिएको थियो ।

कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब बीस करोड रुपैयाँ बराबरको सेयर निष्कासनमा ल्याएको थियो ।


क्लिकमान्डु